प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
माघ २०७९
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१०-२७

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजार स्थितमा प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रण, लिएको छ । नियन्त्रणमा आउने राक्सिराङ गाउँपालिका-२ बस्ने वर्ष ४३ को जगत बहादुर ठोकर र सोहि बस्ने वर्ष ५१ की सन्चरी माया स्याङबो रहेका छन । निजहरुलाई मनहरी बजारमा हिडिरहेको अवस्थमा प्रहरीको बजार गस्ति टोलिले शंका लागि चेकजाँच गर्दा निजहरुले पछाडि भिर्ने झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा दुबै जनाको १० के.जि. ८७० ग्राम गाजाँ फेला परेको थियो । लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु
२०७९-१०-२६

चितवन, रत्ननगर नगरपालिका-९ टिकौली जंङ्गल स्थित पुर्वपश्चिम सडक खण्डमा टांडीबाट भरतपुर तर्फ जाँदै गरेको ना१६ प १७२७ नं.को मोटरसाईकल र भरतपुरबाट टांडी तर्फ आउँदै गरेको ना२१ प ७२५ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा ना२१ प ७२५ नं.को मोटरसाईकल चालक खैरहनी नगरपालिका-१ बस्ने वर्ष ४४ को राजेश बस्याल घाईते भई उपचारको लागि भरतपुर सरकारी अस्पताल भरतपुर पठाईएकोमा निजलाई चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । दुबै सवारी साधन र ना१६ प १७२७ नं.को मोटरसाईकल चालक प्रहरीको नियन्त्रणमा रहेको । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-१०-२६

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा रहेका बिभिन्न शाखाहरु, हिरासत कक्ष लगायतको निरीक्षण गर्नुको साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिनुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् प्रदेश प्रहरी प्रमुख थापाले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न, प्राकृतिक स्रोतको अवैध दोहन तथा तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो । यसैगरी निरीक्षण तथा अवलोकन भ्रमणकै क्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले सिन्धुपाल्चोक जिल्लास्थित स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका बिभिन्न ब्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको छ । छलफलका क्रममा प्रदेशको शान्ति, सुरक्षाका विषयमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै प्रदेश प्रहरी प्रमुख थापाले सबै सरोकारवाला निकाय र आम नागरिकहरुको सहकार्य र समन्वयमा मात्र प्रभावकारी शान्ति सुरक्षा कायम हुने र वस्तुनिष्ठ अपराध अनुसन्धान सम्भव हुने भएकाले निरन्तर सहयोग र समन्वय गर्दै अगाडि बढ्न सबै निकाय र नागरिक समाजका प्रतिनिधीहरुलाई आह्वान गर्नुभएको छ ।

दोलखामा एक कामदारको मृत्यु
२०७९-१०-२६

दोलखा, शैलुङ गाउँपालिका-३ गोफ्ले स्थित सगुन कन्ट्रक्सन सडक निर्माणमा लेबर काम गर्ने जिल्ला बाँके बैजनाथ गाउँपालिका-१ घर भएका बर्ष १७ को बिष्णु बि.क.को मृत्यु भएको छ । निज कामदारहरू बस्ने सडकको छेउमा बनाएको छाप्रो बाहिर पिसाव फेर्ने निस्किएकोमा लडि बेहोस अवस्थामा निजको बुवा मान बहादुर बि.क.ले देखि तत्काल उपचारको लागि शैलुङ स्वास्थ्य चौकीमा ल्याएका थिए । निज बि.क.को सामान्य उपचार पश्चात थप उपचारको लागी चरिकोट अस्पताल चरिकोटमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको भनि सोही अस्पतालको चिकित्सकले मृत घोषणा गर्नु भएको थियो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१०-२५

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१५ रातोमाटे स्थित रहेको प्रहरी चेक पोष्टबाट प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । भोर्ले तर्फ बाट रातोमाटे हाईवे तर्फ निस्किदै गरेको ना ४० प ४१७ नं.को २२० पल्सर मोटरसाईकललाई प्रहरीले चेज जाचँ गर्ने क्रममा मोटरसाईकलको लेगगार्डमा झुण्डाएको झोला बाट अन्दाजी १ के.जि. २०० ग्राम लागुऔषध गाँजा फेला परेको थियो । नियन्त्रणमा आउने मोटरसाईकल चालक हेटौडा-१५ बस्ने बर्ष १९ को सरोज भोलन र पछाडि सवार मकवानपुरगढि गाउँपालिका-८ बस्ने बर्ष १७/१८ को प्रकाश स्याङतान रहेका छन । प्रहरीले लागुऔषध सहित दुबै जना लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सवारी दुर्घटनामा परी एकको मृत्यु
२०७९-१०-२४

धादिङ, थाक्रे गाउँपालिका-६ महादेववेशी स्थित पृथ्वीलोकमार्गमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटना काठमाण्डौबाट गजुरी तर्फ जाँदै गरेको बाग्मती प्रदेश २-०२५ प ५१११ नं.को स्कुटर साईड लगाई पार्कीङ् गरी राखेको बा ४ ख २६५४ नं.को टिप्परको पछाडी ठक्कर खान गई सवारी दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक सोहि गाउँपालिका-११ सुन्दरटोल बस्ने वर्ष १५ को संगम लामा गम्भिर घाईते भएका थिए । घाईते लामाको उपचारको लागी धार्के स्थित रहेको शाही बाबा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न
२०७९-१०-२३

श्रीमान प्रहरी महानिरीक्षकको मिति २०७९-१०-१९ गतेको निर्णय अनुसार यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरबाट जिल्ला प्रहरी कार्यालय धादिङ सरुवा भई जान लाग्नुभएका प्रहरी उपरीक्षक गौतम मिश्रको बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले पुष्पगुच्छा, खादा र मायाको चिनो प्रदान गरी प्रहरी उपरीक्षक मिश्रको यस कार्यालयबाट बिदाई तथा आगामी कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको हो । कार्यक्रममा उपस्थित प्रदेश प्रहरी प्रबक्ता प्रहरी उपरीक्षक दिपक रेग्मी लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुले मिश्रको आगामी कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

चितवनमा झुण्डी दुई जनाको मृत्यु
२०७९-१०-२२

चितवन, भरतपुर महानगरपालिका-५ स्थितमा रहेको कामना बिकाश बैंकको ट्वाईलेटको भेन्टिलेटरको फलामको रडमा प्लाष्‍टिको डोरीले पासो लगाई सोही बैंकको गार्ड जिल्ला चितवन माडी नगरपालिका-९ अयोध्यपुरी घर भई हाल भरतपुर-५ गिरीचोकमा डेरा गरी बस्ने बर्ष ४२ को मिलन पण्डित झुण्डी मृत अवस्थामा फेला परेका छन । यस घटनाहरुको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । साथै राप्ती नगरपालिका-५ चौकिडाँडा स्थित बस्ने अन्दाजी २२/२३ वर्षीय सुमन स्याङतानको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको सुत्ने कोठामा फलामको पाईपको बलोमा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा निजको भाई गणेश स्याङतानलेदेखि तत्काल पासो काटी उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याईएकोमा निज सुमन स्याङतानको उपचारको क्रममा मृत्यु भएको हो । यस घटनाहरुको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७९-१०-२२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय चितवन निरीक्षणको क्रममा चितवन जिल्ला स्थितका स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवार, बिभिन्न संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका बिभिन्न ब्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । छलफलका क्रममा प्रदेशको शान्ति, सुरक्षाका विषयमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै प्रदेश प्रहरी प्रमुख थापाले सबै सरोकारवाला निकाय र आम नागरिकहरुको सहकार्य र समन्वयमा मात्र प्रभावकारी शान्ति सुरक्षा कायम हुने र वस्तुनिष्ठ अपराध अनुसन्धान सम्भव हुने भएकाले निरन्तर सहयोग र समन्वय गर्दै अगाडि बढ्न सबै निकाय र नागरिक समाजका प्रतिनिधीहरुलाई आह्वान गर्नुभएको छ  ।

निरीक्षण तथा निर्देशन
२०७९-१०-२२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक  थापाले  जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय चितवनको वस्तुस्थितिको जानकारी लिनुका साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको जानकारी लिनुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक थापाले चितवन जिल्लाको भौगोलिक संवेदनशीलता लाई मनन गरी तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।

धादिङमा आगलागिबाट लाखौंको क्षति
२०७९-१०-२१

धादिङ, निलकण्ठ नगरपालिका-८ सांघुटार बस्ने अमृत सिटौलाको २ तले घरमा सञ्चालनमा रहेको सरिता ईन्टरप्राईजेट (भांडा पसलमा) अचानक बिधुत सर्ट भई आगलागी भएको छ । जिल्ला तनहुं शुक्ला गण्डकी नगरपालिका-२ दुलेगौडा बस्ने सरिता श्रेष्ठले उक्त सटर भाडामा लिई संचालन गरेको सरिता ईन्टरप्राईजेट (भांडा पसलमा) अचानक बिधुत सर्ट भई आगलागी भएको हो । आगलागिबाट पसल भित्र रहेको सरसामान, भांडाकुडा, कागजपत्र तथा घर (दुई वटा कोठा) सहित गरी अन्दाजी १५,००,००/- (पन्ध्र लाख) बराबरको क्षति भएको छ । साथै सोहि आगलागीबाट त्रिपुरा सुन्दरी गाउँपालिका-८ बस्ने बिकाश ठकुरीले सोहि स्थितमा संचालन गरेको (सजिना खाजा घर) होटेलमा समेत आगलागी हुँदा, होटेल भित्र रहेको अन्दाजी ५०/६० हजार बराबरको सरसामान जलि क्षती भएको छ । आगोबाट कुनै मानबिय तथा चौपाय क्षति नभएको । उक्त आगो नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलि खटिई गई दमकल तथा स्थानियको सहायताबाट पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।  यस घटना बारे थप अनुसन्धान कार्य भईहेको छ ।

झुण्डी मृत्यु
२०७९-१०-२०

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ आमभन्ज्याङ (पेटीटोल) बस्ने अक्कल बहादुर दोङको छोरा २२ वर्षीय पेमा दोङको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको सुत्ने कोठाको निदालमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । साथै रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ थामचौर ३ बस्ने लिला बहादुर सार्कीको श्रीमती वर्ष ४० की रमिला बसेलको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको बलोमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । साथै नुवाकोट, बिदुर नगरपालिका-८ जफती स्थित बस्ने देबेन्द्र प्याकुरेलको छोरी अन्दाजी वर्ष २१ की दिपिका प्याकुरेलको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर देखि अन्दजी १०० मिटर उत्तर पर्ने मान्छे नबस्ने घरको ट्रसको पाईपमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत्यु अवस्थामा फेला परेकी थिईन । साथै दोलखा, मेलुङ गाउँपालिका-१ पोवटी बस्ने अन्दाजी वर्ष ३२ को रुपक मुग्रातीको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाहरुको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-१०-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोष्ट स्थित पुर्ब पश्चिम सडक खण्डमा प्रहरीले लागुऔषध  सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ४ जना चेकिङ टोलिले सर्लाही बाट काठमाण्डौ तर्फ आउँदै गरेको प्रदेश.२-०३-००९ प ७८९६ नं.को मोटरसाईकलमा सवार जिल्ला सर्लाही मलङवा नगरपालिका-१०, जिल्ला विकास समिती चोक बस्ने अन्दाजी १८ वर्षीय राज झा र सोहि स्थित बस्ने अनिल कुमार यादवलाई चेकजाँच गर्ने क्रम्मा १६ (पत्ता) १६० पिस (NITRAZEPAM (TAP 10MG) लागुऔषध फेला परेका थिए । निजहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाद्वारा पदभार ग्रहण
२०७९-१०-१२

बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक दिपक थापाले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार, (माननीय उप-प्रधानमन्त्री तथा गृह मन्त्रीस्तर) को मिति २०७९ पौष२९ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, काठमाण्डौबाट बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको थियो । बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा स्वागत गरिएको छ । पदभार ग्रहण पश्चात प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरीको अवस्था तथा समग्र कार्यसंचालन बारेमा संक्षिप्त प्रस्तुतीकरण दिनु भएको थियो । त्यसैगरीप्रदेश प्रहरी प्रमुख दिपक थापालेतस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु भएको हुँदा सोही अनुसार कार्यसम्पादन गर्न गराउन हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१०-१२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिसलाई नियन्त्रणमा लिईएको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलिले सर्लाही जाने बसमा चढ्न लागेको जिल्ला चितवन राप्ती नगरपालिका-९, बस्ने अन्दाजी ४० वर्षीया टेकमाया गुरुङ र सोहि बस्ने अस्मिता प्रजालाई संका लागि चेकजाँच गर्ने क्रममा पछाडी भिर्ने झोलामा लुकाई छिपाई लादैँ गरेको लागुऔषध गाँजा २१ किलो फेला  परेका थिए । लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-१०-०९

मकवानपुर, मनहरी गाउँपालिका-८, दारिमबास स्थित भित्रि सडक खण्डमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले कान्द्राङबाट मनहरी तर्फ आउँदै गरेको बा ४ ख ५१४८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका-८, रंगपुरटारी बस्ने अन्दाजी ५० वर्षीय शेख भिखारीले बोकेको झोला भित्र अन्दाजी १ किलो लागुऔषध अफिम जस्तो देखिने पदार्थ फेला परेका थिए । निज शेख भिखारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

चरेश सहित मानिस नियन्त्रणमा
२०७९-१०-०९

धादिङ, थाक्रे गाउँपालिका-२, समनटार स्थित महादेवबेशी-पालुङ भित्री सडकखण्डमा विशेष सुचनाको आधारमा प्रहरीले लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महादेवबेशीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालयको खानीखोलबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोलि खटी गई पालुङबाट महादेवबेशी तर्फ आउँदै गरेको बा.५.ख ६५९० नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर थाहा नगरपालिका-८, बस्ने ३५ वर्षीय लक्ष्मी पुरीले बोकेको पछाडि भिर्ने झोला भित्र ८.५ किलो चरेश फेला परेका थिए । निज लक्ष्मी पुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न
२०७९-१०-०४

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९ साल पौष २८ गतेको निर्णयअनुसार यस बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, काठमाडौं काज खटी जान लाग्नुभएका बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले प्रहरी नायव महानिरीक्षक बज्राचार्यको आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुका साथै फूलमाला, खादा र मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख बज्राचार्यले बागमती प्रदेश प्रहरी कार्यालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सकल दर्जाका प्रहरी कर्मचारीहरूले मायाको चिनो, माला, खादा र पुष्पगुच्छा प्रदान गरी प्रदेश प्रहरी प्रमुख बज्राचार्यको विदाई गर्नुका साथै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<